पूजा र आकाशको बिहे भा’छैन (भिडियो)

दर्शकमाझ प्रिय पर्दाको “पूआ जोडी” पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । “बिहे भाछैन” गीतको भिडियोमा पूआ जोडीको आकर्षक नृत्य देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ, हेर्नुस् :

हरी लम्सालले संगीत रहेको “बिहे भाछैन” गीममा स्वर अर्जुन सुनाम र सृजु अधिकारीले दिएका छन् । शब्द एसपी सापकोटाको हो भने भिडियो निर्माण पनि उनकै हो । सुदिप बरालको छायाँकन रहेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । बिहिबार राजधानीमा प्रेसमिट गर्दै बिहे भाछैन भिडियो सार्वजनिक गरिएको हो ।

प्रेसमिटमा पूजा र आकाशले आफ्नो मित्रता, आ-आफ्नो बिहे र बजारमा आएका विभिन्न विषयमा बोले। सय बढी गीतहरुमा स्वर दिएकी गायिका सृजु अधिकारीले “बिहे भाछैन” गीतले आफ्नो साँगीतिक जीवनमा नयाँ उचाई दिने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha