९ नायिकालाई राष्ट्रिय नव दुर्गा सम्मान

रेजिना ईन्टरटेनमेन्ट प्रा.लि र शहिद फिल्मस् प्रा.लिको संयुक्त आयोजनामा नौं जना नेपाली फिल्मका नायिकाहरुलाई सम्मान गरिएको छ । बिहिबार, चावाहिलस्थित चलचित्र विकास वोर्डको भवनमा ९ जना नायिकाहरुलाई राष्ट्रिय नव दुर्गा सम्मान २०७८ प्रदान गरिएको हो ।

अभिनेत्रीहरु चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञी राज्य लक्ष्मी शाह र उपासना सिंह ठकुरीलाई नवदुर्गा सम्मानद्वारा सम्मानित गरिएको हो । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भूसालको प्रमुख आतिथ्यमा अभिनेत्री रेजिना उप्रेती र कलाकार बिमला केसीले उक्त कार्यक्रम संयोजन गरेका थिए ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर र रेखा थापा मुख्य आकर्षकको रुपमा थिए । गत साल कोरोनाका कारण राष्ट्रिय नव दुर्गा सम्मान रोकिएको थियो ।


प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha