सलोन साथमा हुँदा रुविनालाई केही कमी छैन (भिडियो)

फिल्म ‘डाँडाको वरपीपल’ समावेश ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ । यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर छ । फिल्म यही असोज २६ गते, फूलपातीदेखि प्रदर्शनमा आउँदैछ । भिडियो :

नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत र एरेञ्ज छ । गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । शोभित बस्नेत निर्देशित फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।


नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha