बन्दीपुरमा बस्यो प्रकाश र मिरुनाको माया (भिडियो)

बसन्त सापकोटाको संगीत र शब्दमा ‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर गायिका मेलिना राईले दिएकी छिन् । भिडियोमा गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरले अभिनय गरेका छन् । भिडियो हेर्नुस् :

‘तिम्रै हुन मन लाग्यो’ गीतको भिडियोलाई कैलाश राईको निर्माण गरेका हुन् । सिक्किमका व्यावसायी राईले यस अगाडी ‘मैं साबले’ जस्तो सफल गीतको भिडियो निर्माण गरेका थिए । यो भिडियो पनि सफल हुनेमा उनले शुक्रबार आयोजित प्रेसमिटमा विश्वास व्यक्त गरे । कार्यक्रममा बसन्त, प्रकाश र मिरुनाले अडियो तथा भिडियो राम्रो बनेको भन्दै दर्शकको साथ मिल्ने आशा राखे ।

बन्दीपुरमा पाहुना बनेर पुगेका प्रकाश र उनको स्वागतमा नृत्य गर्ने मिरुनाको जोडी भिडियोमा सुहाएको छ । देबेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोलाई अनिल के.मानन्धरले खिचेका हुन् भने सम्पादन प्रविण भट्टको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha