सुदर्शन र सुप्रियाको बिहेका ६ विशेष तस्बिर

निर्देशक सुदर्शन थापा र मोडल तथा समाचारवाचिका सुप्रिया कटुवालबिच शुक्रबार बिबाह भएको छ । बालुवाटरको एक होटलमा सुदर्शन र सुप्रियाबिच हिन्दु परम्परा अनुसार विवाह भएको हो ।

सुदर्शन र सुप्रियाले विवाहसमारोहमा आफन्त र सिमित फिल्मकर्मीलाई निम्ता दिएका थिए । जसमा नायक पल शाह र पुष्प खड्का अनि कलाकार राज कटुवाल र नायिका बर्षा सिवाकोटीको जोडी उपस्थित थियो । छोटो समयको प्रेम सम्बन्ध पश्चात् पारिवारिक सहमतीमा बिबाह गरेका सुदर्शन र सुप्रियालाई बैबाहिक जीवनको शुभकामना !

तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha