‘राधा पियारी’ मा फेरि संगै सुधिर र गरिमा

संगीतकार बसन्त सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । भिडियो :

अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर छन् । कार्यक्रममा सुधीरले आफ्ना बिगतका भिडियो झै ‘राधा पियारी’ पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे । त्यसैगरी, गरिमाले गीतको शब्द, स्वर, संगीत मात्रै नभइ भिडियो पनि उत्कृष्ट बनेकाले दर्शकको प्रतिक्रिया लिन आफू निकै आतुर रहेको बताइन् । ‘यो गीतको हिस्सा बन्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ गरिमाले भनिन्, ‘मैले आफूले सक्दो मिहीनेत गरेको छु । दर्शकले मन पराउनेमा आशावादी छु ।’ यसअघि पनि थुप्रै भिडियोमा गरिमासँग काम गरेकाले आफूलाई गरिमा सहज लाग्ने सुधीरले बताए ।

निर्देशक काजी र श्यामले आफूहरुले भिडियोमा ‘कमेडी फ्लेभर’ प्रस्तुत गर्न खोजेको बताउदै भने, ‘गीतको भाव अनुसार दर्शकलाई अधिक मनोरञ्जन दिने कोसिस गरेका छौ । सोहीअनुरुप नै हास्य रस मिसाएका हौ ।’ गायिका मेलिनाले आफूले बसन्त सापकोटाको संगीतमा थुप्रै गीतहरु गाएको र सफलसमेत भएको स्मरण गर्दै उनीसँग यो गीतमा पुनः सहकार्य गर्न पाउदा खुशी लागेको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले बसन्तको संगीत तथा गायन कलाको प्रसंसा गरे । उनले बसन्तका हरेक गीतका आफ्नै बिशेषता रहेको बताउदै अझ प्रगतिको शुभकामना ब्यक्त गरे । त्यसैगरी, कार्यक्रमका अर्का अतिथि निर्देशक कृष्णमुरारी ढुंगेलले गीतको मर्मअनुरुपको भिडियो बनेकोमा निर्देशक तथा सुधीर र गरिमाको तारिफ गरे । उनले बसन्त र मेलिनाको गायन कलाको पनि प्रसंसा गरे । अर्का अतिथि संगीतकार चेतन सापकोटाले गीत र भिडियो आफूलाई निकै मन परेको बताए । उनले बसन्तको संगीत मात्र होइन, गायन पनि उत्तिकै अब्बल रहेको र उनले यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha