‘सत्यम्’मा पल र मलिकाको जोडी पक्का

नायिका मलिका महत फिल्म ‘सत्यम्’ मा उनी अनुबन्धित भएकी छन् । फिल्ममा उनको जोडी नायक पल शाहसँग बाँधिनेछ । ‘फूलबुट्टे सारी’, टाढा भएपनि जस्ता गीतको सफलताले पल र मलिकाको जोडी दर्शकमाझ लोकप्रिय छ । सत्यम् पिएम जोडीको पहिलो फिल्म हो ।

यो फिल्मबाट महानायक राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूणर् सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम’ लाई रेशम सापकोटाले लेखेका हुन् भने उनी नै फिल्मका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह-निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’ छन् ।

‘सत्यम’मा दक्षिण भारतिय चलचित्रहरुमा उदाईरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहने बताईएको छ । निर्माता सापकोटाका अनुसार यो चलचित्रबाट सिजापतिले नेपाली चलचित्रमा डेब्यू गर्दैछन् । सिजापति नेपालमा फिजिकल मोटिभेशनल ट्रेनरको रुपमा परिचित छन् । उनले दक्षिण भारतिय सुपरस्टार अभिनेता गोपीचन्दको एक चलचित्रमा नेगेटिभ भुमिकामा अभिनय गरिसकेका छन् भने अन्य दक्षिण भारतिय चलचित्रहरुमा अभिनय गर्दैछन् ।

यो फिल्मबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । यि सबै कलाकारहरु अडिशनबाट छानिएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha