‘डाँडाको वरपिपल’प्रिमियरमा दिपा, रेखादेखि स्वस्तिमासम्म

शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपिपल’ फूलपातीदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनपुर्व फिल्मको सोमबार प्रिमियर शो आयोजना गरिएको थियो । शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा अभिनित फिल्मको प्रिमियर शोलाई ‘सपोर्ट गर्न’ केही कलाकर्मी उपस्थित भए ।

निर्देशक दिपाश्री निरौला, अभिनेत्री रेखा थापा, कोरियोग्राफर एंव निर्देशक रेनशा वान्तवा राई राणा, नायिका स्वस्तिमा खड्का, कलाकार अनुरागमानसिंह कुँवर, मोडल तथा नायक निराजन प्रधान लगायत डाँडाको वरपिपलको प्रिमियरमा सहभागी भएर शोभा बढाए । उनीहरुले कोभिड पश्चात् प्रदर्शनमा आउन लागेको फिल्मलाई सफलताको शुभकामना दिदैं दर्शकले पनि हलसम्म गएर फिल्म हेर्न उनीहरुले आग्रह गरे । डाँडाको वरपिपल प्रिमियरका केही झलक यी तस्बिरहरुमा हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha