मिका सिंहको स्वरमा ‘बोतलको बिर्को’ फोड्दै आर्यन, पल र दुर्गेश

बलिउडका चर्चित गायक मिका सिंहको स्वरमा ‘बोतलको विर्को’ बोलको गीत सार्वजनिक भएको छ । मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ । भिडियो हेर्नुस् :

विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको गीतको भिडियोमा नायक आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको नृत्य छ । भिडियोमा आर्यनको जोडी एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ । दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको गीतको भिडियोमा अस्मिता लामिछाने सह निर्माताको रुपमा छिन् ।

सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृत कुमार चन्द हुन् ।

भिडियोका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए । मिका सिंहको स्वरमा पहिलो पटक सार्वजनिक गरिएको नेपाली गीतलाई दर्शकले रुचाउने उनले आशा राखे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha