विवाद बिर्सेर’डाँडाको वरपिपल’हेर्न दिपक र पूजाको आग्रह

लामो समयपछि नेपाली फिल्म डाँडाको वर पिपल हलमा रिलिज भएको छ । शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपिपल’लाई फिल्मकर्मीले सफलताको शुभकामना दिदैं दर्शकलाई हलमै गएर फिल्म हेर्न आग्रह गरेका छन् । मल्टीस्टारर पारिवारिक फिल्म फूलपातीदेखि प्रदर्शनमा आएको छ ।

कलाकार एंव निर्माता दिपकराज गिरीले विवाद बन्द गरेर प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म डाँडाको वर पिपललाई कम्तीमा शुभकामना भएपनि दिन फिल्मकर्मीलाई आग्रह गरेका छन् । ‘हातेमालो गरेर, कमजोर भएको उद्योगलाई मिलेर उचालौं, यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छु’, दिपकले लेखेका छन् । दिपक लेख्छन्, ‘मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ साथि । पहिले खस्थ्यो बैरि माथि, अहिले खस्छु भन्छ आफन्तै माथि । हामी चलचित्रकर्मीलाइ यस्तै भाको छ अहिले । एउटाले अर्कोलाई प्रहार गर्छौं, घाइते चाहिं उद्योग हुँदैछ । फ़ेसबुक, टिकटक, फिल्मिन्यूजहरूले हाम्रो बौद्धिकतालाई जिस्काइरहे झैं लाग्छ । उस्लाई परेको हो, मलाई होइन भनेर चुप बस्ने अवस्था पनि छैन । किनकि अलि अलि छिट्टा त हामी सबैलाई परेको छ, पर्छ पनि । त्यसैले बन्द गरौ ब्यर्थका बहसहरू । आरोप प्रत्यारोपहरू, जस्ले हरेक दिन हाम्रै उचाई घटाइरहेको छ ।’

यस्तै नायिका एंव निर्मात्री पूजा शर्माले पनि यो बेला नेपाली फिल्मलाई साथ र सहयोगको आवश्यकता परेको बताएकी छिन् । ‘डाँडाको वरपिपल’लाई सफलताको शुभकामना दिदैं पूजाले लेखेको स्टाटस पढ्नुस्, ‘धेरैपछि नेपाली सिनेमा हलमा लागेको छ । यो बेला नेपाली सिनेमासँग सम्बन्धित सबैले साथ र सहयोग दिनुपर्नेमा एक दुई जना चलचित्र पत्रकार जो नेपाली चलचित्रको मसिहा नै आफू हो भन ठान्ने । आफुलाई मन नपरेको ब्यक्तिलाई आफ्नो प्रोग्राम मार्फत गिराउन, दर्शक सामु नकारात्मक छवि बनाउन लागी रहने । जुन क्षेत्रबाट आफ्नो कर्म चलिरहेको छ, त्यही क्षेत्रको लागी यौटा साधारण पेशागत धर्म ननिभाउने घमण्ड र दम्भले भरिएको यी एक दुई ब्यक्तिहरुलाइ नेपाली चलचित्र क्षेत्रको भाइरस भन्न मलाई एक रत्ति पनि संकोच लाग्दैन । आफ्नो प्रोग्राम भाइरल बनाउनका निम्ति जे जस्तो घटिया प्रपन्च रच्न पनि तयार हुनेलाई आफ्नै क्षेत्रको तुकविहिन बदनाम गरेर जहिले पुगिरहोस्, मेरो शुभकामना । मलाई चाहिँ बाँचुन्जेल यही क्षेत्रमा लागी रहने र यो क्षेत्रको उत्थानका लागी दुईटा ईंटा मात्रै भए पनि थप्न सक्ने हौसला, मिलिरहोस् भन्ने प्राथना गर्दछ, सबैको जय होस् ।’

दिपकराज र पूजासँगै थुप्रै फिल्मकर्मीले डाँडाको वर पिपललाई सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha