आमेश र अशिष्माको ‘मेला’ अगाडी

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मेला’ को शुक्रबार र शनिबारको व्यापार सुखद भएको निर्माता हरि पन्तले जानकारी दिएका छन् । आमेश भण्डारी, अशिष्मा नकर्मी र सलोन बस्नेत अभिनित फिल्मको विशेष गरी एकल पर्दामा दर्शकको संख्या राम्रो छ ।

शनिबार ‘मेला’ को काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, कंलकी, गुण लगायतका हलमा दर्शकको संख्या राम्रो रहेको रिपोर्ट छ । शनिबार नायक आमेष भण्डारी गोपिकृष्ण हलमा दर्शकबाट घेरिए । ‘फूलै फूलको मौसम’ पछि आमेश अभिनित मेला प्रदर्शनमा आएको हो । प्रदर्शनमा आएका अन्य फिल्महरु भन्दा आफ्नो फिल्मको व्यापार अगाडी भएपछि निर्माता हरी पन्त दंग छन् । ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।आमेश र अशिष्मासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् : 

निर्माता पन्त भन्छन्, ‘अरुमा भन्दा हाम्रोमा दर्शक बढी छन् । हामी यसमै खुसी छौं ।’ मेला’ सँगै प्रदर्शनमा आएका फिल्महरु ‘रोमियो’, ‘तान्द्रो’ र ‘सकस’ मा दर्शक संख्या न्युन रहेको हलवाला बताउँछन् । यद्पी मेलाको ओपनिङ बम्पर नभएपनि अन्य तीन फिल्महरु भन्दा अगाडी रहेको जानकारी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha