सलोन र रुविना फेरी सँगै फिल्म खेल्दै

‘डाँडाको वरपिपल’ पश्चात् कलाकार सलोन बस्नेत र नायिका रुविना थापाले पुनः सँगै काम गर्ने भएका छन् । निर्देशक शोभित बस्नेतले नै सलोन र रुविनालाई लिएर नयाँ फिल्म निर्देशन गर्ने भएका हुन् । बस्नेतको नयाँ फिल्मलाई बुढासुब्बा ओर्जिनलले लगानी गर्नेछ ।

शोभितको नयाँ फिल्मको छायाँकन तिहार पश्चात् सुरु हुनेछ । फिल्म पूर्ण रुपमा हलमा रिलिज गर्ने उद्धेश्यले बनाइने शोभितको भनाई छ । लामो समय पश्चात् हलमा पहिलो पटक लागेको डाँडाको वरपिपल सफल भने हुन सकेन । ओटीटी लक्षित उक्त फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल जस्ता कलाकारहरुको अभिनय छ ।

डाँडाको वरपिपलबाट जोडिएको सलोन र रुविनाको जोडी म्युजिक भिडियोमा पनि देखिएको छ । नयाँ फिल्ममा चाहिं कस्तो होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha