मुस्ताङबाट ‘कबड्डी ४’ को छायाँकन सुरु

फिल्म ‘कबड्डी ४’ को छायांकन सुरु भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मको छायाँकन मुस्ताङबाट सुरु गरिएको हो । शुक्रबारबाट ३५ दिनको छायाँकन तालिका सुरु गरिएको निर्देशक गुरुङले बताएका छन् ।

फिल्म ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका निर्माता मणिराम पोखरेल हुन् ।

सुटिङ सकेर प्रदर्शन मिति चाँडै तय गरिने रामबाबु गुरुङको भनाई छ । ‘कबड्डी ४’ सिरिजको फाइनल गेम भनिएको छ । कोरोना साम्य भएसँगै धेरै फिल्मको छायाँकन सुरु गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha