त्यो सपना सार्वजनिक (भिडियो)

रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजिव पराजुलीको संयुक्त एल्बम ’त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् भने संगीतकार दीपक जापानमा बस्छन । गीतकार होम भने नेपालमै बसोबास गर्छन । भिडियो :

 

संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौ सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिईसकेका छन् । भोकल राम्रो हुदाहुदै पनि दीपकले बिक्रम संवत २०५४ सालदेखि संगीतकारको रुपमा आफुलाई परिचित गराएका हुन् ।

गीतमा संजिवको एक्ल स्वर रहेको छ भने उनलाई ’पहिलो भेटैमा’ बोलको गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् भने ’हिट हिट गीत ’ बोलको गीतमा र्यापर मि.प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २ ) , गोपाल रसाइली (ट्रयाक ३) र ४) र सचिन सिंह (ट्रयाक ५ ) ले एरेन्ज गरेका छन् । एल्बम ’त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha