कमेडी च्याम्पियन भरतमणी र पारस शाहबिच भेट

‘कमेडी च्याम्पियन सिजन ३’ मा पुर्व युवराज पारस शाहको क्यारिकेचर गर्दा विजेता भरतमणी पौडेलको सर्वत्र चर्चा भएको थियो । च्याम्पियन बनेको लामो समयपछि भरतमणी र पुर्व युवराजबिच भेट भएको छ ।


अघिल्ला सिजनका सुमन कोइराला (कमेडियन दले दाइ) का साथमा भरतमणीले पारस शाहसँग भेट गरेका हुन्। भरतले गत शुक्रबार राजधानीको दरबारमार्गस्थित ओपियम क्याफेमा पारस शाहसँग भेटेका हुन् । पुर्व-युवराजसँगको भेटमा आफुले सोचे भन्दा सरल मिजासिलो लागेको भरतले बताएका छन् ।


पारस शाहले आफ्नो प्रस्तुतीलाई मन पराएर रमाइलो लागेको भन्ने प्रतिक्रिया दिएको उनको भनाई छ । भेटमा दुई बिच हालखबर र स्वास्थ्य अवस्था बारे कुराकानी भयो । भरतमणी कार्यक्रमको सिलसिलामा हाल राजधानी बाहिर छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha