निर्णायक बन्न नेपाल आइन् निरुता सिंह

अभिनेत्री निरुता सिंह ‘डान्स च्याम्पियनसिप’को निर्णायक बन्न नेपाल आएकी छिन् । यो रियालिटी शो कान्तिपुर टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुने मंगलबार आयोजित प्रेसमिटमा जानकारी दिइयो ।

निरुता सिंहसँगै ‘डान्स च्याम्पियनसिप’मा जगत रावल र आश्मा विश्वकर्मा पनि निर्णायकको रुपमा रहनेछन् । यो शोका लागि डिजिटल अडिसन भैसकेको छ । अब, मेगा अडिसनको छायांकन हुने निर्देशक गजित बिष्टले जानकारी दिएका छन् । ३४ भागको रहने यो शो मेगा अडिसनपछि उत्कृष्ट ३०, उत्कृष्ट २० हुँदै अगाडि बढ्नेछ ।

आफू पहिलो पटक कुनै रियालिटी शोमा निर्णायकको रुपमा प्रस्तुत हुन पाउँदा खुशी लागेको निरुताले बताइन् । ‘दालभात तरकारी’ र ‘कर्ली कर्ली कपाल’ गीतपछि निरुता दर्शकमाझ आउन लागेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha