पिंजडा..की नायिकालाई निखिलले यही साल भित्र्याउने !

फिल्म ‘पिंजडा ब्याक अगेन’ को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत र मुत्तक उदासको शब्द रहेको गीतमा अञ्जु पन्तको स्वर छ । गायिका पन्तलाई स्वरमा संगीतकार पोखरेलले साथ दिएका छन् । नायक निखिल उप्रेती र नायिका सारा शर्पाइली फिचरिंग गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । भिडियो हेर्नुस् :

द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको ‘पिंजडा ब्याक अगेन’ माघ ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा रमेश सुवेदी र बाबुराज सिंह निर्माताको रुपमा रहेका छन् भने बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । रोशित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्र तीनै जना फिल्मका निर्माता हुन् । फिल्मका प्रस्तुतकर्ता भने श्रीराम बराल हुन् ।

एक्सन स्टार निखिल उप्रेतीले ‘पिंजडा’बाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गरेका थिए । पिंजडा ब्याक अगेन मा निखिल र सारासँगै पुकार भट्टराई र बाल कलाकार कसाग्र भट्टराईको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha