‘सूर्यवंशी’को कलेक्सन ४ दिनमै सय करोड नाघ्यो

फिल्म ‘सूर्यवंशी’ को कलेक्सन सय करोड क्लबमा प्रवेश गरेको छ । यो फिल्मले प्रदर्शनको चार दिनमै १ सय ३७ करोड भारू) कमाएको हो । कोरोनापछि प्रदर्शनमा आएर सय करोड कमाउने सूर्यवंशी पहिलो फिल्म हो ।

रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन र केप गुड फिल्म्सको निर्माणमा बनेको ‘सूर्यवंशी’मा अक्षय कुमार, कैटरिना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय छ । भारतमा मात्र फिल्मले १०९.०४ करोड कमाएको र विदेशमा यस्को चार दिनमा कलेक्सन २८.०४ करोड रहेको निर्माण पक्षले बताएको छ ।

नेपालमा पनि कोरोना पछि सूर्यवंशी हेर्न दर्शक हलमा गएका छन् । रोशित सेट्टी निर्देशित फिल्मको नेपालमा पनि कलेक्सन बम्परको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha