‘तिमी र म’मा रोमान्टिक आदेश र प्रेक्षा (भिडियो)

गायक आदेश क्षेत्रीको स्वरमा रहेको ‘तिमी र म’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत आदेश पौडेलको छ । आदेश र प्रेक्षा बज्रचार्यले अभिनय गरेको गीतको भिडियो हेर्नुस् :

अमेरिका रहँदै आएका आदेशले सानैदेखि गीत संगीतमा रुची भएकाले आफूले गायन यात्रा सुरु गरेको शुक्रबार आयोजित प्रेसमिटमा बताए । भिडियोमा आदेश र प्रेक्षा रोमान्टिक अवतारमा देखिएका छन् । आचार्यको गोपालको निर्देशनमा तयार भिडियोमा हिमाल शर्माको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन छ ।

आदेशले आफू अब निरन्तर रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढ्ने पनि बताए । गीत रिलिज कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हेमराज ढकाल, कलाकार उमा गिरी लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha