एलिजा गौतम ‘घुँइचो’मा अनुबन्धित

नायिका तथा मोडल एलिजा गौतमले ‘घुँइचो’ नामक फिल्म खेल्ने भएकी छिन् । एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको उक्त फिल्म खेल्ने भएकी हुन । अनुरागपछि एलिजाले खेल्न लागेको घुँइचो दोश्रो फिल्म हो ।

निर्माता दैलेखी र नायिका गौतमले बिहिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ । एलिजाले फिल्म साइन गरेपछि खुशी हुँदै भनिन्-‘मंैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ । घुँइचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’

निर्माता दैलेखीले नायिका गौतमसँग सम्झौता भएको र अन्य कलाकार पनि चाडै फाइनल गर्ने जानकारी दिए । यो चलचित्रको बिषयमा दैलेखीले भने-‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha