रिस्ता बस्नेत अभिनित ‘पासो’को पहिलो झलक

नायिका रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ को पहिलो झलक सार्वजनिक गरिएको छ । यो फिल्म चैत्र १८ अर्थात अप्रिल १ तारिखबाट देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिएका छन् ।

सरु र प्रमिला नाम गरेका दुई जना साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो चलचित्र निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितीबाट जीवीत राख्न गरेको संघर्षको कथामा यो फिल्म निर्माण भएको निर्देशक आर.बी पुनले जानकारी दिए ।

फिल्ममा पुनको नै कथा, पटकथा तथा संवाद छ । चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । फिल्मलाई क्राइम र सर्भाइभल जनरामा निर्माण गरिएको निर्माणपक्षले जानकारी दिएको छ । बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सह-निर्माता हुन् । चलचित्रमा रीस्ताको साथमा सुनिसा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

फिल्मको फस्टलुकबाटै नायिका रीस्ताको मिहिनेत झल्किएको छ । दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने विश्वास निर्माणपक्षले गरेको छ । नायिका रीस्ता बस्नेतले पनि लामो समयपछि आफूले खोजेजस्तो कथामा काम गर्न पाएको बताइन् । फिल्मलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha