स्वस्तिमा खड्काको ‘चपली हाईट ३’को ट्रेलरमा के छ ?

फिल्म ‘चपली हाईट ३’को प्रोमो सार्वजनिक भएको छ । पुष २ गतेबाट प्रदर्शनमा आउने यो सस्पेन्स थ्रिल जनरामा आधारित फिल्मको शुक्रबार प्रेसमिट गर्दै ट्रेलर लन्च गरिएको हो । प्रोमो हेर्नुस् :

अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘चपली हाईट ३’ लाई निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा नायिका स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई र सुष्मा निरौला लगायत कलाकारहरुको अभिनय छ ।

नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्म ‘चपली हाइट ३’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । दुई सिक्वेल सफल भएपछि निर्माता कुमारले चपली हाइट ३ निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha