करणको फिल्ममा पल पक्का, यश कुमार निर्देशक !

नायक पल शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन् । निर्माता करण सिंहले निर्माण गर्न लागेको नयाँ फिल्मा पल पक्का भएका हुन् । पल र करणबिच बिहिबार फिल्म खेल्ने सम्झौता भएको हो ।

आरकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो लभ स्टोरी फिल्म हुनेछ । फिल्ममा करणकै कथा छ भने पटकथा अभिमन्यू निरवीले लेखेका छन् । निर्माण समुहले फिल्मका निर्देशकको नाम गोप्य राख्न चाहेको छ । तर गायक यशकुमारले फिल्मलाई निर्देशन गर्ने चर्चा छ ।

निर्माता सिंहले फिल्मका लागि नायिका र अन्य कलाकार तथा प्राविधिक समुहको छनोट कार्य भैरहेको बताए । फिल्मको छायांकन माघको अन्तिम साताबाट शुरु हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha