आँचलसँग बज्यो आशिषको ‘पन्चे बाजा’ (भिडियो)

गायक आशिष सचिनले नयाँ गीत ल्याएका छन् । ‘झ्याईं झ्याईं पन्चे बाजा’ बोलको गीतमा आशिषलाई स्वरमा ऋतिका श्रेष्ठले साथ दिएकी छिन् । आशिष र नायिका आँचल शर्मा फिचर्ड गीतको भिडियो यस्तो बनेको छ । भिडियो :

यशडी योगीको संगीत रहेको गीतमा महेश आचार्यका शब्द छन् । वियोन्डको कथा र निर्देशन रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियोमा आशिष र आँचलसँगै भिडियोमा कलाकार जेरी भण्डारीले पनि अभिनय गरेका छन् ।

भिडियोमा छायाँकन नवराज उप्रेतीको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । शुक्रबार प्रेसमिट गर्दै झ्याईं झ्याईं पन्चे बाजा गीतको भिडियो रिलिज गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha