‘घुइँचो’मा एलिजाको जोडी कुन्साङ, निर्देशक दिपेन्द्र


फिल्म ‘घुइँचो’ मा निर्देशक र नायक पक्का भएका छन् । गत शुक्रबार प्रेसमिट गर्दै घुइँचो का निर्देशक र नायक सार्वजनिक गरिएको हो । राजमी दैलेखीले निर्माण गर्ने फिल्ममा नायिकाको रुपमा एलिजा गौतम छिन् ।

दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म घुइँचो मा नायकको रुपमा कुन्साङ बम्जोन पक्का भएका हुन् । कुन्साङको यो पहिलो फिल्म हो । निर्माता रामजी दैलेखीले फिल्मको कथा राम्रो भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । उनले, फिल्म क्षेत्रलाई नयाँ पुस्ताले अगाडि बढाउनुपर्छ भन्ने सोच बोकेर आफू यो क्षेत्रमा होमिएको बताए ।

यस्तै, निर्देशक दिपेन्द्र लामाले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी दिए । उनले, चलचित्रलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने समेत तर्क गरे । फिल्मकी नायिका एलिजा गौतमले चलचित्रको कथाले मन तानेको बताइन् । उनले, यो चलचित्र आफ्ना लागि पूनःजन्म भएको समेत तर्क गरिन् ।

नायक कुन्साङले आफू फिल्ममा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए । उनले, नायिका एलिजा गौतमको बारेमा आफूले धेरै कुरा सुनेको भन्दै सँगै काम गर्न पाउँदा खुशी लागेको समेत बताए । यो फिल्मले एउटा विकट गाउँबाट अमेरिकासम्म यात्रा गर्ने एक यूवकको कथा भन्नेछ ।

फिल्मको छायांकन माघकोे अन्तिम साताबाट सुरु गर्ने निर्माण पक्षको भनाई छ । फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै नै फाइनल गर्ने निर्माता दैलेखीले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha