चुनौती मोलेर ‘प्रेम गीत ३’को प्रदर्शन मिती पक्का

अन्ततः प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को प्रदर्शन मिति पक्का भएको छ । निर्माता सन्तोष सेनले फागुन १३ गते फिल्मलाई दर्शकमाझ ल्याउने जानकारी गराएका छन् ।

‘हजुरहरुको लागी ठुलो चुनौती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौं’, निर्माता सेनले प्रेम गीत ३ को पोस्टर सेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘कोरना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखी भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौं । अन्तत फागुन १३ गते हजुरहरुलाई सुम्पने निणर्य लिएका छौं । केही दिनमा ट्रेलर सहित प्रमोशनमा हजुरहरु माझ आउनेछौं ।’

स्व.छेतेन गुरुङ र निर्माता सन्तोष सेनको सन्तोष सेनको निर्देशन रहेको फिल्म ‘प्रेम गीत ३’ मा नायक प्रदीप खड्का र नव नायिका क्रिष्टिना गुरुङको मुख्य भूमिका छ । फिल्ममा समावेश ‘हर युग होस्’ गीतलाई युटुवमा एक करोड भन्दा बढी पनि सुनिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha