क्लब फरेनहाइटमा ‘द राजा कुमारी’को कन्सर्ट हुने

डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन-अमेरिकन र्यापर ‘द राजा कुमारी’को भव्य कन्सर्ट आयोजना हुने भएको छ । राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्यापरसँग स्टेज शेयर गरिसकेकी छिन् । यस्तै, उनी ग्रामी अवार्डमा समेत नोमिनेशनमा परिसकेकी छिन् ।


राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने विश्वास क्लब फरेनहाइटकोे छ । राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने आयोेजकले जनाएको छ ।


यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठको अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो ।

क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोेजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरुले प्रस्तुति दिइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha