बेलाडाँगीका भुटानी शरणार्थीलाई कलाकर्मीको साथ

भुटानी शरणार्थीको सहयोग र उनीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले पुनर्वास योजनामा अमेरिका पुगेकाहरूको संगठन इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधि नेपालमा रहेर लविङ गरिरहेका छन् ।

दुई सातादेखि नेपालमा रहेका उनीहरूले शीर्ष राजनीतिज्ञलाई भेटेर झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेका छन् । राजनीतिज्ञहरूबाट सकारात्मक जबाफ पाएको सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।

तर, प्रदेश १ सरकारले आफूले सो माग पूरा गर्न नसक्ने सार्वजनिक रूपमा जबाफ दिएको छ । इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिबार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता र स्वदेश फिर्ताको व्यवस्था गर्ने माग आफ्नो क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका हुन् । तर, उनले संघीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए ।

उक्त तीन मागमध्ये एउटा पूरा गरिदिन इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले आग्रह गरेका थिए । शिविरमा रहेका शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्राले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि नै इन्ट्राले ८० वर्ष पुगेका करिब १३२ जनालाई मासिक पाँच हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।
डे केयर भवन उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष अधिकारीले शिविरमा रहेकाहरूलाई केही समस्या परे आफूहरूले सक्दो समाधान गर्न बताए ।

नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको इन्ट्राले मेरो भ्वाइसकप अमेरिका यूएसए-२ र मेरो डान्स कप यूएसए-४ को उद्घाटन पनि गरिएको छ ।

अमेरिकार र क्यानडामा रहेका नेपाली भाषीहरूले आउँदो जनवरीबाट आवेदन दिन सकिने अध्यक्ष अधिकारीले जानकारी दिए । शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा प्रेमराजा महत, दिलीप रायमाझी, प्रमोद खरेल, केकी अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, प्रविण भेटवाल, निशान भट्टराईलगायत एक दर्जनभन्दा बढी कलाकारले आआफ्नो प्रस्तुती दिएका थिए ।

गायक प्रेमराजा महतले ‘पानको पात’ गाउँदा अतिथि कलाकार वर्षा राउत र केकी अधिकारीसहित कलाकारसँग मुख्यमन्त्री राई छमछमी नाचेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha