साम्राज्ञीको जोडी आर्यनसँग पक्का, प्रदीपसँग मात्र हल्ला

‘ड्रिम्स’ गर्ल साम्राज्ञी राज्य लक्ष्मी शाहले चकलेटी नायक आर्यन सिग्देल सँग पहिलो पटक स्क्रिन सेयर गर्ने भएकी छिन् । आर्यन सिग्देल ईन्टरटेनमेन्टले निर्माण गर्ने ‘कायरा’ नामक फिल्ममा साम्राज्ञी अनुबन्धित भएकी हुन् । लक्ष्मण रिजालले निर्देशन गर्ने फिल्मको हाल प्रि-प्रोडक्सनको कार्य भैरहेको छ ।


यस्तै निर्माता सुवास गिरीको सुवास ईन्टरनेटमेन्टले निर्माण गर्ने फिल्म ‘भैरवी’ मा भने आफु अनबन्धित नभएको साम्राज्ञीले बताएकी छिन् । ‘एक पटक कुरा भएको थियो त्यसपछि म सँग कुनै पनि कुरा भएको छैन’, साम्राज्ञीले भनिन्, ‘अब ‘कायरा’ मात्रै गर्छु ।’ निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा साम्राज्ञी र नायक प्रदीप खड्का एकसाथ देखिने खबर केही दिन यता मिडियामा फैलिरहेको छ । ‘ए मेरो हजुर २’ सफलता पछि साम्राज्ञी अब सिमित फिल्म मात्रै खेल्ने सोचमा छिन् ।

साम्राज्ञी अभिनित ‘तिमी सँग’ प्रदर्शनको तयारीमा छ भने आर्यनको ‘कायरा’ र कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गरेको ‘ईन्टु मिन्टु लण्डनमा’ मा साम्राज्ञी मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । ‘ईन्टु मिन्टु लण्डन’ मा साम्राज्ञीको अपोजिटमा नव नायक धिरज मगर प्रस्तुत छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha