अमेरिका बस्ने सुधाम्शु ‘एक्स नाइन’मा अनुबन्धित

‘एक्स-नाइन’ मा कलाकार भित्रिने क्रम जारी छ । यो फिल्ममा हाल अमेरिकामा बस्ने कलाकार सुधाम्शु जोशी पनि अनुबन्धित भएका छन् । लामो समयपछि जोशी अभिनयमा फर्किन लागेका हुन् ।

सुधाम्शु नायकसँगै निर्माता पनि हुन् । उनले ‘जाली रुमाल’ र ‘नेपाल’ फिल्म निर्माण गरेका छन् । ‘विषालु, रणभूमि, हत्या’ लगायत उनी अभिनित फिल्महरु हुन् । सुधाम्शुसँगै बलिउडका अभिनेता सुनिल सेठ्ठीलाई पनि एक्स नाइन मा अनुबन्धित गर्न निर्माण समुह लागि परेको छ । अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवाल लगायत कलाकारहरु यतिबेला फिल्मको लागि जिम धाइरहेका छन् ।

फिल्म एक्स नाइन को छायांकन पौष तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुनेछ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । निर्मल कुमार मिश्र कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा विरेन्द्र बहादुर कँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, बिदुर घन्टे र प्रदीप थापा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha