‘बुलबुल’ निर्देशकले ६ करोडमा ‘रबर सिटी’ बनाउने

बुलबुल निर्देशक विनोद पौडेलले आफनो दोस्रो फिल्म ‘रबर सिटी’ घोषणा गरेका छन् । बुधवार सो फिल्मको पोष्टर सार्वजनिक गर्दै निर्माता अविरल थापाले आगामी मार्चमा फिल्मको सबै छायाँकन अमेरिकामै हुने जानकारी गराएका हुन् ।

यस फिल्ममा हालसम्म मुख्य भूमिकामा साँघुरो चलचित्रमा काम गरिसकेका सुशांक मैनाली र राधा लम्साल भावु तय भएको र बाँकी कलाकार भने नयाँ नै हुने विनोद पौडेलले बताएका छन् । अमेरिकाको ओहायो राज्य अन्तर्गतको एक्रोन सहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि सो सहर पुन गुलजार बनेको थियो । यस फिल्मले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्नेछ ।

यस फिल्मको कथा पटकथा पनि निर्देशक पौडेललेनै लेखेका हुन् भने अमेरिकामै रहेका अंकित पौडेलले यसको छायाँकन गर्नेछन् । यस फिल्मले विश्व बजारमा नेपाली फिल्मलाई स्थापित गराउने विश्वास लिएको र निर्माण कार्यलाई दु्रत गति दिन फेबु्रवरीमा अमेरिका प्रस्थान गर्न लागेको निर्माता थापाले जानकारी दिएका छन् ।

थापासँगै यस फिल्मका अन्य निर्मातामा राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानी रहेका छन् । निर्माता थापाले हाल यसको तयारीको लागि निर्देशक पौडेल अमेरिकामै रहेको र अनुमानित पाँच लाख डलर (रु.छ करोड) मा निर्माण सम्पन्न गर्ने आँकलन गरिएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha