हरिवंश ६० वर्षमा, तस्बिरमा हेर्नुस् ‘खुसी परिवार’

वरिष्ठ कलाकार हरिवंश आचार्य ६० वर्षमा प्रवेश गरेका छन् । वि.स २०१४ मा काठमाण्डौंमा जन्मिएका हरिवंश नेपाली हाँस्यव्याङ्ग्य क्षेत्रका सबैले सम्मान गर्ने व्यक्ति हुन् । मदनकृष्ण श्रेष्ठसँग मह जोडी बाँधेर उनले दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा योगदान दिंदै आइरहेका छन् ।


‘चिना हराएका’ हरिवंश आचार्य नेपाली कलाकारिता क्षेत्रमा विभिन्न उपनामले परिचित छन् । उनले निभाएका थुप्रै पात्रहरु मध्ये हरि बहादुर सर्वाधिक चर्चित पात्र हो । ‘हाम्री आमा’, ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारङ्गी रेटौंला’ जस्ता सदाबहार गीत गाएका हरिवंशले ‘लोभी पापी’, ‘बलिदान’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता फिल्ममा उनले दमदार अभिनय समेत गरेका छन ।


दर्शक हँसाउने हरिवंश आफ्नो जीवनकालमा धेरै रोए । विशेष श्रीमती मिराको निधन हुँदा हरिवंश निकै रोए । समयसँगै उनले रमिलासँग दोश्रो बिहे गरे । अहिले रमिला, मिरा तर्फका दुई छोरा र बुहारी सहित उनीहरुको परिवार निकै खुसी छ । हरिवंश हाल ‘सत्रु गते’ को छायाँकनमा व्यस्त छन् । नेपाली हाँस्य व्याङ्ग्य क्षेत्रका भिष्म मितामहः हरिवंश आचार्यलाई जन्मदिनको शुभकामना !

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha