बाह्र पास भएकी करिश्मा भन्छिन्,’अब ब्याच्लर पढ्छु’

अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ पास भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नजितामा करिश्मा बी प्लस ल्याएर उत्तिर्ण भएकी हुन् ।

करिश्माले गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी थिइन् । उनी २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीणर् भएकी हुन् । कोरोना कहरमा पढेर यो नजिजा आउँदा आफु खुसी नै भएको करिश्माले बताइन् ।

बाह्र कक्षा पास भएपछि अब ब्याच्लर पढ्ने करिश्माको योजना छ । कुन विषय लिएर करिश्माले स्नातकोत्तर पढ्लिन् त ? ‘मानविकी नै लिन्छु होला’, करिश्माले सुनाइन् । बाह्र पास भएर ब्याच्लर पढ्ने योजना बनाएकी नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरलाई बधाई ।

यस्तै गायिका रचना रिमालले पनि कक्षा १२ पास गरेकी छिन् । झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी उनले ३.४४ जीपीए ल्याएर कक्षा १२ पास गरेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha