शताब्दी पुरुष जोशीको निवासमा ‘पन्तियाः मकर मेला’ विमोचन (भिडियो)

काभ्रेको पनौतीमा बाह्र बर्षमा लाग्ने मकर मेलालाई लिएर नेवारी गीत तयार भएको छ । ‘पन्तियाः मकर’ मेला बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । भिडियो हेर्नुस् :

सुरेश अधिकारीको संगीत र भोला श्रेष्ठको शब्द रहेको गीतमा मकर मेलामा भेट्ने पर्खाइमा रहेका केटाकेटीको भावलाई प्रस्तुत गरिएको छ । गीतमा स्वर यमन श्रेष्ठ र निशा देशारले दिएका छन् । देवेन्द्र पाण्डेको निर्देशन एंव कोरियोग्राफीमा बनेको भिडियोमा मनोज वली र श्रेया कार्कीले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

पन्तियाः मकर मेला भिडियो रिलिज हुनु पुर्व शदाब्दी पुरुष सत्यमोहन जोशीको निवास पाटनमा विमोचन गरिएको थियो । शताब्दी पुरुषको निवासमा गीतका सदस्यहरु उपस्थित थिए । हलि नेवा गुठीको आयोजनामा गरिएको विमोचन कार्यक्रममा सत्यमोहन जोशीको शातबाट भिडियोमा निर्माण समुहलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha