‘भाईरल भैदियो’ र ‘दिलको भित्तैमा’ बिच को अगाडी ?

बेला ट्रेन्डिङको छ । यतिबेला चाहिं नेपाल युटुव ट्रेन्डिङमा कुन कुन भिडियो छन् त ? रमाईलो मान्नुपर्छ, यतिबेला दुई नेपाली भिडियोहरु ट्रेन्डिङको अग्रस्थानमा छन् । सलमान खानको ‘टाईगर जिन्दा है’ को ट्रेलर लाई तेश्रो स्थान झार्दै दुई नेपाली म्युजिक भिडियो ट्रेन्डिङ एक र दुई नम्वरमा छन् । ट्रेन्डिङको दश मध्ये ८ वटा त नेपाली भिडियोहरु नै छन् ।

अब कुरा गरौं ट्रेन्डिङ एक र दुईमा पर्न सफल भिडियोहरुको । यस पालिको टे्रन्डिङमा रोचकता देखिएको छ । चर्चित डान्स ग्रुप कार्टुन क्रुजबाट अलग्गिएका सविन कार्कीले बनाएको ‘भाईरल भैदियो’ गीतको भिडियो ट्रेन्डिङ एक मा पर्दा कार्टुन क्रुजकै ‘दिलको भित्तैमा’ दोश्रो ट्रेन्डिङमा छ । ‘भाईरल भैदियो’ भिडियो :

सविन कार्कीको निर्देशन रहेको ‘भाईरल भैदियो’ र सरोज अधिकारीको निर्देशन रहेको ‘दिलको भित्तैमा’ को भिडियोलाई सोमबार बिहानसम्म क्रमश: ७ लाख २६ हजार र ७ लाख २५ हजार ५ सय बढीले हेरेका छन् । यसले के देखाउँछ भने सविन कार्की र कार्टुन क्रुज दर्शकमा उत्तिकै लोकप्रिय छन् । ‘दिलको भित्तैमा’ भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha