‘लिलिबिलि’मा पक्का प्रदीप र प्रियंका, जम्ला जोडी ?

नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । मिलन चाम्सले निर्देशन गर्ने ‘लिलिबिली’ मा प्रियंका हालै पक्का भएकी हुन् । यस फिल्मका लागि सुरुमा नव नायिका रेविका गुरुङ पक्का भएकी थिइन् । तर अन्तिम समयमा आएर उनको भिसा सँगै स्वास्थ्यमा समस्या आएपछि फिल्ममा प्रियंका ‘ईन’ भएकी हुन् ।

फिल्ममा अर्की नव नायिका जसिता गुरुङ पनि प्रदीपको अपोजिटमा रहनेछिन् । युकेका बिभिन्न स्थानमा छायाँकन हुने फिल्मको यसै सातादेखि छायाँकन सुरु हुने निर्माता तथा वितरक गोविन्द शाहीले जानकारी दिए । यतिबेला निर्देशक चाम्स, प्रदीप र प्रियंका ‘ह्याप्पी डेज’ प्रिमियरका लागि युकेमै छन् । बिग बजेट फिल्म ‘लिलिबिलि’ को तामझामका साथ घोषणा गरिएको थियो ।  चल्तीका यी दुई स्टारको कति जम्ला त जोडी ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha