‘ऐश्वर्य’ लिएर जापान जाँदै रमेश

नेपालको सफल प्रदर्शन पश्चात फिल्म ’ऐश्वर्य’ अब जापानमा प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता रमेश उप्रेती यसै साता जापान जाँदैछन् । फिल्मको शो नोभेम्वेर १९ मा हुनेछ ।


‘ऐश्वर्य’लाई जापान वासीले नोभेम्बर १९ तारिख आईतवारका दिन टोकियो स्थित नाकानो जेरो हलमा हेर्न पाउनेछँन् । रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारी अभिनित फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । कथा लेखनमा उनलाई सामिप्य तिमिल्सिनाले सघाएका छन् । रमेश र दीपिकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘ऐश्वर्य’को प्रदर्शन टोकियो पछि तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य मूख्य शहरमा पनि प्रदर्शन हुनेछ । अर्जुन पोखरेलेको संगीत रहेको फिल्ममा समावेश तिमी रोएको पल गीत हिट भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha