सुरजको ‘कालो कपाल’ रिलिज

लामो समयदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । भिडियो हेर्नुस् :

विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देशनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ ।

रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्रँफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha