‘यसैगरी माया गरिरहन पाउँ’ : हरिवंश पत्नी रमिला

वरिष्ठ हाँस्य व्याङग्य कलाकार हरिवंश आचार्यले आफ्नो ६० औं जन्मदिन फिल्म ‘सत्रुगते’को सुटिङ सेटमा मनाएका छन् । हरिवंशको जन्मदिनमा पत्नी रमिला, छोरा मोहित, जोडी मदनकृष्ण श्रेष्ठ, अभिनेत्री बसुन्धरा भूषाल, राजाराम पौडेल, केदार घिमिरे, सिताराम कट्टेल लगायत चर्चित हास्य व्याङग्य कलाकारहरु उपस्थित थिए । यो रमाईलो भिडियो हेर्नुस् :

जन्मदिनमा हरिवंशलाई पत्नी रमिलाले सधैंं भरी माया गरिरहन पाउँ भनी कामना गरिन् । ‘सधैं भरी साथ दिइरहन पाउँ । कुनै रोग ब्याधी नलागोस् । यसै गरी माया गरिरहन पाउँ’, रमिलाले भनिन् । हरिवंशको ६० औं जन्मदिनको ६ तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha