पल र कविताको ‘ओ साजन २’रिलिज, फिल्म पनि बन्ने

पल शाह र कविता राय फिचर्ड ‘ओ साजन २’ को भिडियो सार्वजनिक गरिएको छ । सोमबार प्रेसमिट गर्दै गीतको भिडियो रिलिज गरिएको हो । भिडियो हेर्नुस् :

नरेश जोगीको शब्द तथा संगीत रहेको गीतमा अनु चौधरी, सोनु कुश्मी र संगीतकार जोगीको स्वर छ । मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी विक्रम चौहानको छ ।

यस्तै ‘ओ साजन’ र ‘ओ साजन २’ निर्माण गरेको पिके फिल्मस्को व्यानरले यही ‘ओ साजन’ नाममा फिल्म बनाउने भएको छ । फिल्ममा पनि पल शाह र कविता रायको मुख्य भूमिका रहने म्युजिक भिडियोको प्रेस मिटमा जानकारी गराइयो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha