हरिवंश र स्वस्तिमाको’कर्कलो कोक्याउला’कस्तो छ ? (भिडियो)

बरिष्ठ कलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा ’कर्कलो कोक्याउला’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा झुक्याएर चेलिबेटी बेचबिखन गर्ने गिरोहको कथालाई देखाइएको छ । ‘कालो केशमा’ जस्तो सफल गीति भिडियोका निर्देशक मानव सुवेदी निर्देशित ‘कर्कलो कोक्याउला’को भिडियो राम्रो बनेको छ । भिडियो हेर्नुस् :

गीतको भिडियोमा हरिवंश आचार्य र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । हरिवंश र स्वस्तिमाको साथमा भिडियोमा महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेले अभिनय गरेका छन् । भिडियाको पटकथा नायिका सुरक्षा पन्तको छ । छायाँकन शुसिल सापकोटाको हो । किरण तुलाधरले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन् ।

बिहिबार राजधानीमा प्रेसमिट गर्दै ‘कर्कलो कोक्याउला’को भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा माईती नेपालका अध्यक्ष अनुराधा कोइराला थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha