‘ए मेरो हजुर ४’को टिजरमा अनमोल र सुहानाको रोमान्स

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को टिजर रिलिज भएको छ । टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको रोमान्टिक दृश्य र प्रेमिल संवाद समावेश छन् । टिजर :

टिजर रिलिजसँगै ए मेरो हजुर ४ को प्रदर्शन मिती पनि पक्का गरिएको छ । आउँदो सालको बैशाख १ गतेलाई फिल्मको प्रदर्शन मिती तय गरिएको हो । लामो समयको प्रतिक्षा पश्चात् निर्माता सुनिल कुमार थापाले फिल्मको प्रदर्शन मिती पक्का गरेका हुन् । संजय लामाको छायाँकन रहेको ‘ए मेरो हजुर ४’ को सम्पादन मित्र डि.गुरुङले गर्दैछन् ।

बैशाख १ गते बलिउडका दुई प्रतिक्षित फिल्महरु पनि प्रदर्शनमा आउँदैछन् । बहुप्रतिक्षित फिल्म ‘केजीएफ २’ र अमिर खानको ‘लालसिंह चड्डा’ले सोही बैशाख १ मै प्रदर्शनत तय गरेका छन् । तर, कोरोना कहरले धेरै बलिउड फिल्मका मिती स्थगन भैरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha