‘बाफ’ पश्चात् प्रतापको प्रियनासँग ‘कफी क्रस’ (भिडियो)

‘बाफ’ पश्चात् गायक प्रताप दासले ‘कफी क्रस’ बोलको गीतमा अभिनय गरेका छन् । अंकित बाबु अधिकारीको स्वर रहेको गीतको भिडियोमा कलाकार प्रियना आचार्य र प्रताप फिचर्ड छन् । भिडियो :

नविन भट्ट निर्देशित ‘कफी क्रस’ गीतको भिडियोमा कफी, केटी र केटाबिचको कनेक्सनलाई देखाइएको छ । अनिश स्याङदेनले खिचेको भिडियो सुन्दर छ । भिडियोको सम्पादन चानस पुनमगरले गरेका छन् । कफी क्रसमा स्वरसँगै शब्द र संगीत अंकितबाबु अधिकारीले नै सृजना गरेका छन् ।

नेपाल आइडल फेम्ड प्रताप दास पाश्र्व गायनमा रुचाइएका गायक हुन् । गायनमा सफल भैरहेका प्रतापको अभिनय यात्रा कफी क्रसले कुन पथमा लैजान्छ होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha