राजेशले अमेरिकामा गरे देशभत्ती गीत, निर्देशक शंकर

साँगीतिक प्रस्तुतीका लागि अमेरिका पुगेका गायक राजेश पायल राईले त्यहाँ म्युजिक भिडियो पनि छायाँकन गरेका छन् । प्रेम गुरुङको शब्द र तेजेन्द्र गुरुङको संगीतमा “प्यारो प्यारो नेपाल” गीतको अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको हो । राजेश यसै साता नेपाल फर्किएका छन् ।

उक्त गीतमा संगीतकार तेजेन्द्र गुरुङकै संगीत सयोजन रहेको छ भने उक्त भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् छन् । छायांकन शम्भु मोक्तानको रहेको छ । उक्त गीतले देश भक्ति र आफ्नो जन्मेको देश प्राण भन्दा प्यारो हुन्छ भन्ने शन्देश दिने निर्देशक विसी बताउँछन् ।

अमेरिकामा बसोबास गर्ने तमु समाजका कलाकारहरुको उपस्थितीमा उक्त भिडियो छायांकन गरिएको हो । उक्त भिडियोलाई चाँडै दर्शकमाझ ल्याउने शंकरको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha