‘ह्याप्पी डेज’ युके प्रिमियर, आकर्षणको केन्द्रमा प्रियंका

दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ता स्टारर फिल्म ‘ह्याप्पी डेज’ को लण्डनको ग्राण्ड प्रिमियर गरिएको छ । यूकेको प्रिन्सेस हलमा आयोजित प्रिमियर शोमा नायिका प्रियंका कार्की आकर्षणको केन्द्रविन्दु बनिन् । प्रियंका सहित निर्देशक मिलन चाम्स र नायक प्रदीप खड्का लण्डन प्रिमियरमा सहभागी थिए ।

प्रियंका सहित निर्देशक मिलन चाम्स, नायक प्रदीप खड्का र नायिका दिया पुन लण्डन प्रिमियरमा सहभागी थिए । प्रिमियरमा ह्याप्पी डेज लाई दर्शकले रुचाएको निर्माता समेत रहेका चाम्सले बताए ।

लण्डन प्रिमियरमा ह्याप्पी डेज लाई दर्शकले रुचाएको निर्माता समेत रहेका चाम्सले बताए । झण्डै पाँच सय दर्शकले फिल्म हेरेको निर्देशक तथा निर्माताको भनाई छ । नेपालमा माघ १२ गतेबाट प्रदर्शनमा आउने ह्याप्पी डेज लण्डन प्रिमियरका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha