कुन फिल्मका लागि लिइयो नेपाली सेनाको अडिसन ?

सन् १८१४ मा नेपाल र ब्रिटिश साम्राज्य बिच भएको युद्ध बारे पुस्तकमा पाठ नै पढाईन्छ । नालापानी युद्ध नेपाली सम्झिइ रहने ईतिहास हो । यही ईतिहासलाई लिएर निर्देशक रिमेश अधिकारीले फिल्म ‘नालापानी’ बनाउन लागि रहेका छन् । प्रोफेसर रामराजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक वीर बलभद्र कुँवर’ मा आधारित रहि फिल्म बन्नेछ ।

फिल्म नालापानीको लागि कलाकारहरुको अडिस नेपाल आर्मी बाट भएको छ । फिल्मका धेरै दृश्य द्वन्द्वको हुने भएको र योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानहरुलाई नै अभिनय गराउन लागिएको निर्देशक अधिकारीले बताउँछन् । फिल्ममा युद्दका दृश्य देखाउँदा प्राकृतिक हुनु जरुरी रहेकाले पनि आर्मीबाट नै कलाकारहरु छनौट भईरहेका छन् । यद्यपी प्रमूख भूमिकामा भने नेपाल आर्मीका कलाकार हुनेछैनन् ।

यो चलचित्र लाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ ।झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म नालापानी’ मा र्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । फिल्मको लगानी मात्रै ९ करोड आँकलन गरिएको छ । भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha