नीतिले गरिन् नेपाली महिलाको अन्र्तराष्ट्रिय बेइज्जत

‘मिस नेपाल इन्टरनेशनल २०१७’को विजेता नीती शाह ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै जापानमा छिन् । अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपाल सुन्दरीले विशेष गरी नेपालको सकारात्मक सन्देश प्रवाह गर्ने दायित्व हुन्छ । तर नीतिले ‘मिस इन्टरनेशनल’ को एक अन्र्तक्रिया कार्यक्रममा बोलेको कुराले अहिले नराम्रो चर्चा पाइरहेको छ । नीति समाजिक सञ्चालमा आलोचनाको पात्र बनिरहेकी छिन् ।

नीतिले नेपाली महिलाहरु बारे दिएको बयानले उनको आलोचना भैरहेको हो । नीतिले त्यहाँ के भनेकी थिइन् त ? ‘म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो । हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं । एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन् । पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन् । अर्का वर्गमा ग्रामीण महिलाहरू छन्, जसलाई स्वास्थ्य, सरसफाई तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन । म शहरी महिलाभित्र पर्छु जसले एउटा धेरै राम्रो स्कुलमा पढेपछि राम्रो उच्च शिक्षा पनि पाएँ । तर मेरो देशमा त्यस्ता धेरै महिला छन् जो ‘वेश्या’ का रूपमा विभिन्न देशमा बेचिन्छन् । ग्रामीण महिलाहरूलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन । मेरो देशका प्रायः महिलाहरूसँग दुई वटा विकल्प छन्ः कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना ।’ भिडियो पनि हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha