‘फाटेको जुत्ता’ बाट निर्मातालाई फाइदा

फिल्म ‘फाटेको जुत्ता’ले निर्मातालाई फाइदा दिएको छ । निर्माता अर्जुन कुमारले दोश्रो सातादेखि आफ्नो फिल्मले नाफाको व्यापार गरिरहेको बताए । हालसम्म फिल्मले तीन करोड बढीको व्यापार गरिसकेको निर्माता कुमारको भनाई छ ।

नेपालबाटै हामीलाई नाफाको व्यापार भयो, निर्माताले खुसी व्यक्त गर्दै भने, देश बाहिर पनि धेरै देशमा लाग्न बाँकी छ । प्रचार प्रसार सहित फिल्मको लगानी ८० लाख छ । निकेश खड्का निर्देशित फाटेको जुत्तामा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा, कामेश्वर चौरसिया लगायतको अभिनय रहेको छ । पहिलो फिल्म हिट भएपछि निर्माताले निर्देशक र नायकलाई दोहोर्याउँदै ‘फाटेको जुत्ता २’ निर्माणको घोषणा समेत गरिसकेका छन् । ‘फाटेको जुत्ता २’ प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha