‘कबड्डी’, ‘पशुपति प्रसाद’ र ‘कालो पोथी’ लाई ‘क्रिटिक्स अवार्ड’

समिक्षक समाजले तीन वर्षको अवार्ड एकै पटक वितरण गर्ने भएको छ । सात विधाको सर्वोउत्कष्ट विधा सार्वजनिक गर्दै समिक्षक समाजले आउँदो मङ्सिर ६ गते बत्तीसपुतली स्थित शिल्पी थिएटरमा ‘क्रिटिक्स अवार्ड’ वितरण गर्ने भएको हो ।


२०७१, ०७२ र ०७३ सालको उत्कृष्ट फिल्मको पुरस्कार क्रमशः ‘कबड्डी’, ‘पशुपति प्रसाद’ र ‘कालोपोथी’ लाई दिइने भएको छ भने अभिनेतामा दयाहाङ राई, सौगात मल्ल र बिपिन कार्कीलाई पुरस्कार प्रदान गरिने भएको छ । यस्तै नायिकातर्फ प्रियंका कार्की, रिस्मा गुरुङ र केकी अधिकारीलाई प्रदान गरिने निर्णय समाजले गरेको छ । क्रिटिक्स अवार्ड विजेताको पूर्ण तालिका हेर्नुस् :

२०७३ :
सर्वोत्कृष्ट फिल्म : कालोपोथी
सर्वोत्कृष्ट निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
सर्वोत्कृष्ट पटकथा : मीन भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सर्वोत्कृष्ट सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
सर्वोत्कृष्ट छायांकन : अजिज जाम्भाकिभ (कालोपोथी)
सर्वोत्कृष्ट अभिनेता : बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
सर्वोत्कृष्ट अभिनेत्री : केकी अधिकारी (लभ सासा)

२०७२ :
सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद
सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (फन्को)
सर्वोत्कृष्ट अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७१ :
फिल्म : कबड्डी
निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता : दयाहाङ राई (कबड्डी)
अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
छायाङकन : ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन : बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)
पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha