५१ दिनमा ‘छक्का पञ्जा २’, व्यापार छ यति

फिल्म ‘छक्का पञ्जा २’ ले प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ । असोज ११ गतेदेखि प्रदर्शनमा आएको यो मल्टीस्टार फिल्मले कात्तिक ३० गते बाट प्रदर्शनको एकाउन्न दिनमा प्रवेश गरेका हो ।’ छक्का पञ्जा २’ टिमले बिहिबार ५१ दिने सेलिव्रेसन कार्यक्रम समेत राखेको छ ।

दिपाश्री निरौला निर्देशित छक्का पञ्जा २ प्रदर्शनको ५१ दिनसम्म देशका झण्डै दर्जन बढी हलहरुमा प्रदर्शनरत छ भने हालसम्म फिल्मले साढे पन्ध्र करोडको ग्रस कलेक्सन गरिसकेको छ । एक सय दिन मनाएको छक्का पञ्जाले सोह्र करोडको ग्रस व्यापार गरेको थियो । छक्का पञ्जा २ टिमसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

दिपकराज गिरी, दिपाश्री निरौला र विकास आचार्यको संयुक्त लगानी रहेको छक्का पञ्जामा दिपक सहित प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । फिल्मको हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha